रिटर्नी फेडेरेसनको महाधिवेशन प्रतिनिधि कसरी बन्ने ?

काठमाडौं, २१ फागुन । रिटर्नी फेडेरेसन नेपालको राष्ट्रिय महाधिवेशन यही चैत्र १५ र १६ गते काठमाडौंमा हुने भएको छ । चैत्र २० गते बसेको फेडेरेसनको सचिवालय बैठकले सो निर्णय गरेको हो |
सचिवालय बैठकले विभिन्न प्रदेशहरूबाट प्राप्त करिब २९ हजार सदस्यता विवरणलाई मान्यता प्रदान गर्नुका साथै केन्द्रिय महाधिवेशनमा सहभागी रहने प्रतिनिधिहरूको छनोट कार्यविधिको बारेमा पनि निर्णय गरेको छ । सचिवालयको निर्णयअनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि संख्या करिब ५५० जना रहने छन् ।
त्यसमध्ये वर्तमान केन्द्रिय कमिटी स्वत रुपमा आयोजक कमिटीको हैसियतमा प्रतिनिधि रहने छ भने प्रत्येक जिल्ला कमिटीबाट कमिटीगत रुपमा ३ जना प्रतिनिधि रहने र त्यसमध्ये १ जना कमिटीभन्दा बाहिरबाट सिफारिस गर्नुपर्ने हुन्छ । सदस्यता संख्या १२५ जनाको अनुपातमा १ जना थप प्रतिनिधि चयन हुने निर्णय गरिएको छ । प्रत्येक प्रदेश कमिटीबाट ५ जनाको दरले प्रतिनिधिको व्यवस्था गरिएको छ ।
सचिवालयले दोश्रो राष्ट्रिय महाधिवेशन नेकपा एमालेका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यतामा काठमाडौंमा गर्ने तय गरेको हो । बैठकले महाधिवेशन सम्पन्न गर्नका लागि मूल आयोजक समितिसहित विभिन्न उपसमितिहरू समेत गठन गरेको छ ।
देशभर ६५ जिल्लामा अधिवेशन सम्पन्न गरेको फेडेरेसनले फाल्गुन १७ गते लुम्बिनी प्रदेश अधिवेशन सम्पन्न गरि राजेन्द्र पन्थीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ । यसैगरी फाल्गुन २३ गते कोशी प्रदेश, २६ गते मधेश प्रदेश, चैत्र २ गते बाग्मती प्रदेश, गण्डकीसहित बाकी प्रदेश अधिवेशनहरू तीव्र गतिमा भई रहेको प्रचार विभाग प्रमुख खेम कार्कीले बताए ।
What's Your Reaction?






