हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर गाडी दुर्घटना

 0  24
हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर गाडी  दुर्घटना

१९ श्रावन,विराटनगर ।  हलेसीबाट तिर्थालु बोकेर फर्किँदै गरेको विङ्गर गाडी  दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् । 

दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । 

सिराहाबाट रिजर्भ लिएर गएको उक्त विङ्गर गाडी भिरबाट करिब डेढसय मिटर तल खसेको प्रहरीले बताएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow