अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र खाली गर्न महानगरको आग्रह

 0  12
अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना ७ दिनभित्र खाली गर्न महानगरको आग्रह

काठमाडौं, १४ कात्तिक । काठमाडौं महानगरपालिकाले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना ७ दिनभित्र खाली गर्न आग्रह गरेको छ।

महानगरपालिकाले शुक्रबार सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गरेर मापदण्ड विपरीतका संरचना ७ दिनसम्म नहटाए कारबाही गरेर खाली गर्ने चेतावनी समेत दिएको छ ।

असोज २ गतेको काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न अनुरोध गरिएको सूचनामा उल्लेख छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow