विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छ : देवराज घिमिरे

 0  21
विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुन सक्छ : देवराज घिमिरे

काठमाडौं, २९ पुस । संसद् विघटनसम्बन्धि मुद्दा सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेका बेला प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका छन्।

मंगलबार झापा-२ मा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान र कानुनअनुसार आफूले आगामी फागुन ५ गतेसम्म पदीय जिम्मेवारी निर्वाह गर्नुपर्ने अवस्था रहेको जिकिर गर्दै विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना रहेको बताएका हुन्।

सभामुख घिमिरेले भने,‘भदौ २७ गते राति करिब ११ बजेको आसपासमा संसद जबरजस्त भंग गरिएको छ। संविधान त्यस मानेमा लिकभन्दा बाहिर लगिएको छ। तर, सभामुखको संविधान र कानूनसम्मत अवधि रहेकाले गर्दा अब हुने भनिएको आम निर्वाचन २१ फागुनभन्दा अगाडि फागुन ५ गतेसम्म अवधि रहेकाले गर्दा मैले सोही पदीय हैसियतमा बस्नु परेको हो। भोलि संसद् पुनर्स्थापनाको पनि सम्भावना छ। अब भोलि के हुने भन्ने बारेमा भोलिको परिस्थितिले तय गर्छ । खासगरी म सभामुख हुन्जेल मैले त्यही भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा म विचार र व्यवहारमा स्पष्ट भएर तपाईहरुको अगाडि कुरा राख्न चाहन्छु ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow