वर्तमान सरकारलाई असफल हुने छुट छैन : प्रचण्ड

 0  11
वर्तमान सरकारलाई असफल हुने छुट छैन : प्रचण्ड

काठमाडौं, १४ साउन । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र शाह नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको भन्दै गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।

बिहीबारको संसद् बैठकमा विशेष समय माग गर्दै बोलेका प्रचण्डले कप्तानगञ्ज घटनादेखि सुकुम्बासी व्यवस्थापन तथा सीमासम्बन्धीलगायत विषयले सरकार गम्भीर दिशातिर गएको संकेत गरेको बताएका हुन् । अहिलेको सरकार पुराना सरकार भन्दा पनि पछाडि पर्ने हो कि भन्ने आफूलाई चिन्ता हुन थालेको प्रचण्डले बताए ।

एकपछि अर्को गम्भीर र जिम्मेवारपूर्ण कदम चालेर नेपाली जनताको आशा अपेक्षा पूरा गर्न अगाडि आउनेछ भन्ने अपेक्षा गरिए पनि सरकार गठन भएपछिका क्रियाकलाप त्यस प्रकारका नरहेको भन्दै उनले चिन्तासमेत व्यक्त गरे।

‘सरकारले राम्रो गर्ला भनेको त फेरि अझ कतिपय बेला त तपाईंहरूले भन्ने गरेको पुरानाहरू भन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता पनि व्यक्त भएको छ। म अझै पनि चिन्ताको साथ भन्दै छु- यस खालका कुराहरू पनि देखिएका छन्’, प्रचण्डले भने, ‘नेपाललाई असफल राष्ट्र बनाउने र अर्को ठूलो दुर्घटना त हुने होइन भन्ने गहिरो चिन्ता म तपाईंहरूको अगाडि व्यक्त गर्न चाहन्छु। यस अर्थमा यो सरकारलाई असफल हुने छुट पनि छैन’, उनले भने ‘तपाईंहरू असफल हुनुभयो भने तपाईंहरू मात्रै असफल नहुने, नेपाल राष्ट्र नै असफल हुने खतरा छ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow