प्रदर्शन चर्किएपछि सिरहा र जनकपुरमा कर्फ्यू आदेश जारी
जनकपुरधाम, १४ साउन । सुनसरीको कप्तानगन्ज घटनालाई लिएर प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय सिरहामा पनि कर्फ्यू आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय, सिरहाले बिहीबार दिउँसो २ बजदेखि अर्को आदेश नभएसम्मका लागि सिरहाको पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ गोलबजार नगरपालिकाको चोहर्वा चौक, उत्तरतर्फ गोलबजार नगरपालिका–६ को सैनिक चौकदेखि दक्षितर्फ गोलबजार नगरपालिका–४ को राप्र बहुमुखी क्याम्पस वरिपरिको क्षेत्रमा कर्फ्यू जारी जारी गरेको हो।
यता जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र पनि कर्फ्यू आदेश जारी गरेको छ। प्रदर्शन चर्किएपछि प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि जनकपुरधाम उपमहानगरपालिकाका सबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगरायन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको हो ।
What's Your Reaction?





