अन्डाको मूल्य घट्यो
काठमाडौं, २६ माघ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागू हुने गरी अन्डाको मूल्य घटाएको छ।
नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि अन्डाको मूल्य घटाएको संघले जनाएको छ ।
नयाँ मूल्य अनुसार ठूलो अन्डा प्रतिक्रेट ३ सय ७५, मिडियमको ३४५ र एक्सएल अन्डाको प्रतिक्रेट ३ सय ९० रुपैयाँ कायम गरिएको छ ।
यसअघि २२ माघमा ठूलो अन्डा प्रतिक्रेट ४ सय ३५ र मिडियम ४ सय ५ रुपैयाँ रहेको थियो । ११ माघमा ठूलो अन्डा ४ सय ९५ र मिडियमको ४ सय ७५ पुगेको थियो ।
What's Your Reaction?





