अब लाइसेन्सको अवधि १० वर्ष हुने
काठमाडौं, १७ वैशाख । प्रतिनिधिसभाले सवारी लाइसेन्सको अवधि १० वर्ष हुने गरी केही नेपाल ऐन संशोधन विधेयक पारित गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा लाइसेन्सको अवधि पाँच वर्ष रहेकोमा यसलाई बढाएर केही नेपाल ऐन संशोधन विधेयकमार्फत १० वर्ष बनाइएको हो ।
मंगलबार प्रतिनिधिसभाबाट प्रस्तावसहित पारित भएको यो विधेयकअनुसार अब लाइसेन्स नविकरण गर्दा दश वर्षका लागि नविकरण हुनेछ ।
अब राष्ट्रिय सभामा जाने यो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि पुनः प्रतिनिधिसभामा आउँछ र सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा लागू हुनेछ । यो विधेयक अघिल्लो सरकारको पालामा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ल्याएका थिए ।
What's Your Reaction?





