भाइरल पेस्तोल डान्स 

 0  31
भाइरल पेस्तोल डान्स 

काठमाडौं, १८ वैशाख २०८४ ।  जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा.बबी सिंह यादवले नाच्दै  पेस्तोल पड्काएको भिडियो अहिले सामाजिक सञ्जालमा  भाइरल  बनेको छ |

नाच्ने क्रममा पेस्तोलबाट सिंहले एक राउन्ड हवाई फायर गरेको र धुवाँ उडेको दृश्य पनि भिडियोमा  प्रस्ट देखिन्छ । त्यसपछि साथमा रहेको  युवाले उक्त पेस्तोल समाएको देखिन्छ ।

सो भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि  डा. बबीले खेलौना पेस्तोल रहेको दाबी गरेकी छन् तर उनले पड्काएको पेस्तोल असली हो कि नक्कली भनी प्रहरीले अनुसन्धान  भने  गर्ने भएको छ । उनीलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीले बोलाएको छ ।

सप्तरी जिल्ला बोदे बर्साइन नगरपालिका बसोबास रहेका डा. बबी यादव  राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी पनि हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow