अहिले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था छ : उद्योगमन्त्री भण्डारी

 0  12
अहिले जनता दुब्लाउने र बैंक मोटाउँदै जाने अवस्था छ  : उद्योगमन्त्री  भण्डारी

काठमाडौं, १९ पुस। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अहिले जनता दुब्लाउने र बैंक मोटाउने अवस्था भएको दाबी गरेका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पाँचौं साधारणमा बोल्दै मन्त्री भण्डारीले हिजो चर्को ब्याजदर उठाएका बैंकहरूले आज त्यो पैसा कहाँ लगे ? भनेर प्रश्न समेत गरे ।

अर्थतन्त्रमा सुस्तता आउनुमा बैंक तथा वित्तीय संस्थादेखि निजी क्षेत्रसम्म उत्तिकै जिम्मेवार भएको बताएका मन्त्री भण्डारीले भने ‘हिजो चर्को ब्याजदर उठाएका बैंकहरूले आज त्यो पैसा कहाँ लगे ?’, उनले प्रश्न गरे, ‘बढ्दा पनि बैंक समस्यामा, घट्दा पनि बैंक नै समस्यामा भन्ने हुन्छ र ?’ ।

उनका अनुसार राज्यबाट निजी क्षेत्र र बैकिङ क्षेत्रले खोजेको नीतिगत सुधार हो । सरकारले हिजो बनाएका नीति आज बाधक भएको भन्दै मन्त्री भण्डारीले त्यसमा सुधार गर्नु पहिलो आवश्यकता भएको धारणा राखे । यसमा सरकारले महसुस गरेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow