आज रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेता एमालेमा फर्किँदै

 0  11
आज रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेता एमालेमा फर्किँदै

काठमाडौं, २४ कात्तिक । नेकपा एमालेले आज दिउँसो साढे २ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृहमा ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ आयोजना गर्न लागेको छ ।

खासगरी पार्टी विभाजन हुँदा नेकपा एकीकृत समाजवादीमा गएका नेता कार्यकर्ताहरूलाई एमालेले आज ‘घर फर्काउँन’ उक्त सभा आयोजना गर्ने भएको हो । एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ मा तत्कालीन एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री, किसान श्रेष्ठलगायतका नेताहरु सहभागी हुने भएका छन्।

आज नेकपा एमाले प्रवेश गर्न लागेकी रामकुमारीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै भनेकी छन्, ‘यो घर फर्क अभियान हाम्रो अभियान हो, हाम्रो लागि हो। हामी सँगसँगै सबै जना कम्युनिष्ट आन्दोलनको मूल प्रवाह नेकपा एमालेमा समाहित हुन घर फर्कने अभियान हो । सबै जना कमरेडहरूलाई यो कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध गर्दछु।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow