आदिवासी दिवसमा निकालिएको सांस्कृतिक र्‍याली (तस्विरसहित)

 0  13
आदिवासी दिवसमा निकालिएको सांस्कृतिक र्‍याली (तस्विरसहित)

काठमाडौं, २४ साउन । आज ३२औँ विश्व आदिवासी दिवस, नेपाल आदिवासी जनजाति महासंघ सङ्घीय परिषद् सचिवालय मूल आयोजक समितिले आदिवासी दिवसका अवसरमा आइतबार राजधानी काठमाडौंमा सांस्कृतिक र्‍याली निकालेको छ।

भृकुटीमण्डपबाट सुरु भएको र्‍याली भद्रकाली, सहिदगेट, सुन्धारा र वीर अस्पताल हुँदै खुलामञ्च पुगेपछि मूल समारोहमा परिणत भएको थियो।

नेवार, मगर, तामाङ, शेर्पा, गुरुङ, थकाली, दुरा, माझी, याख्खा, राजवंशी, सुनुवार, ह्योल्मोलगायत विभिन्न आदिवासी जनजाति समुदायको सहभागिता रहेको र्‍यालीमा मौलिक भेषभूषा, बाजागाजा, सांस्कृतिक झाँकी, लोकगीत तथा नृत्य प्रस्तुत गरिएको थियो। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow