आयकरको नयाँ व्यवस्था : १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्र कर

 0  7
आयकरको नयाँ व्यवस्था : १० लाखसम्म आम्दानीमा १ प्रतिशत मात्र कर

काठमाडौं, जेठ १६ – सरकारले आगामी आर्थिक वर्षका लागि आयकर सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाअनुसार १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत कर लाग्नेछ।

सरकारले आयको स्तरअनुसार क्रमशः बढ्दो दरमा कर लगाउने व्यवस्था गरेको छ। १० लाख रुपैयाँभन्दा बढीदेखि १५ लाख रुपैयाँसम्म आम्दानी हुने व्यक्तिले पहिलो १० लाखमा १० हजार रुपैयाँ कर तिर्नुपर्नेछ भने सोभन्दा माथिको रकममा १० प्रतिशतका दरले कर लाग्नेछ।

त्यस्तै, १५ लाख रुपैयाँभन्दा बढीदेखि २५ लाख रुपैयाँसम्म आय हुनेले १५ लाखसम्मको आयमा ६० हजार रुपैयाँ कर तिर्नुपर्नेछ भने सोभन्दा माथिको रकममा २० प्रतिशत कर लाग्ने व्यवस्था गरिएको छ।

२५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने करदाताले २५ लाखसम्मको आयमा २ लाख ६० हजार रुपैयाँ कर तिर्नुपर्नेछ भने सोभन्दा माथिको रकममा २७ प्रतिशत कर लाग्नेछ।

यसैगरी, ४० लाख रुपैयाँभन्दा बढी आय हुने व्यक्तिका लागि थप २ प्रतिशत कर लगाइने भएको छ। यस्तो अवस्थामा २५ लाख रुपैयाँभन्दा माथिको आयमा २७ प्रतिशतका अतिरिक्त थप २ प्रतिशत अर्थात् कुल २९ प्रतिशत कर लाग्नेछ।

सरकारले आयअनुसार करको दायरा र दर निर्धारण गरी कर प्रणालीलाई थप प्रगतिशील बनाउने उद्देश्य राखेको जनाएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow