ओलीको पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

 0  22
ओलीको पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

काठमाडौं, ३० चैत । एमालेअध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको २२ एमएमको ढुंगा निकालिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका ओलीको डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको टोलीले आज शल्यक्रिया गरेर पित्तथैलीमा रहेको ढुंगा निकालेको हो ।

शल्यक्रिया सकिएसँगै ओलीलाई आईसीयूमा सारिएको शल्यक्रियामा संलग्न चिकित्सकले जानकारी दिए ।

बालेन शाह नेतृत्वको नयाँ सरकार गठन भएको भोलिपल्ट नै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीलाई पक्राउ गरिएको थियो । पक्राउ परेको दिनदेखि नै उनी त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow