कांग्रेसले पुस २६ देखि २८ गतेसम्म महाधिवेशन गर्ने
काठमाडौं, १५ मंसिर । नेपाली कांग्रेसले १५औँ महाधिवेशन पुस २६ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।
सोमबार सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गर्दै वर्तमान कार्यसमितिको समयावधि माघसम्मका लागि थप गरेको छ।
पारित भएको कार्यतालिका अनुसार कांग्रेसले पुस १६ गते वडा अधिवेशन गर्ने, पुस १७ गते गाउँ–नगर अधिवेशन र पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्ने छ ।
What's Your Reaction?





