गणेश नेपालीको शव अझै शिक्षण अस्पतालमै, सहिद घोषणा र कानुनी कारबाहीको मागमा सहमति जुटेन

 0  9
गणेश नेपालीको शव अझै शिक्षण अस्पतालमै, सहिद घोषणा र कानुनी कारबाहीको मागमा सहमति जुटेन

२८ असार, काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको शव अझै पनि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमै राखिएको छ। काठमाडौं महानगरपालिकाले अघि सारेको प्रस्तावमा पीडित पक्षसँग सहमति हुन नसक्दा शव बुझ्ने प्रक्रिया अघि बढ्न सकेको छैन।

सरकारले गणेश नेपालीकी श्रीमतीलाई रोजगारी, छोरीलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था तथा बुवा–आमाको पालनपोषण गर्ने प्रतिबद्धता जनाएको छ। तर पीडित परिवार तथा समर्थकहरूले गणेश नेपालीलाई सहिद घोषणा गर्नुपर्ने मागमा अडान कायम राखेका छन्।

यस्तै, घटनामा संलग्न नगर प्रहरीमाथि ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा तत्काल कानुनी कारबाही अघि बढाउनुपर्ने माग पनि पीडित पक्षले राखेको छ। यी मागहरूमा सहमति नजुट्दा सरकार र पीडित पक्षबीचको वार्ता निष्कर्षमा पुग्न सकेको छैन।

सहमति नहुँदा गणेश नेपालीको शव अझै शिक्षण अस्पतालमै रहेको छ भने दुवै पक्षबीच छलफल जारी रहेको जनाइएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow