ग्वार्कोस्थित फ्लाईओभरको भित्तामा बस ठोकिँदा १ जनाको मृत्यु
काठमाडौं, २१ साउन । कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा ठोक्किएर दुर्घटना हुदा १ जना महिलाको मृत्यु भएको छ।
बिहीबार बा२ख ३५९० नम्बरको बस ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा ठोक्किदा दोलखाको शैलुङ गाउँपालिका स्थायी घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको ललितपुर प्रहरी परिसले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका १९ जनामध्ये १० जनाको बिएण्डबीमा र बाँकी ९ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
What's Your Reaction?





