चिनियाँ नागरिकलाई ठगेको आरोपमा कलाकार नारद खतिवडासहित तीन जना पक्राउ
काठमाडौं, ६ साउन । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले हाँस्य कलाकार नारद खतिवडासहित तीन जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई छुटाइदिने र अध्यागमन विभागमा रहेका अरु १५ वटा राहदानी पनि झिकाइदिने भनि ७२ लाख रुपैयाँमा मोलमोलाइ गरेको र उनीहरूले चिनियाँ नागरिकबाट ९ लाख रुपैयाँ लिइसकेका प्रहरीको दाबी छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भई हाल काठमाडौंको बुद्धनगर बस्दै आएका कलाकार ५२ वर्षीय नारदप्रसाद खतिवडा, उदयपुरको कटारी नगरपालिका–७ सिरिसे घर भई हाल ललतिपुरको नख्खीपोट बस्ने ३८ वर्षीय विक्रमबहादुर थापा र नवलपरासीको बर्दघाट सुस्तापश्चिमका ५९ वर्षीय गोपालकुमार गुरुङ रहेका छन्।
अध्यागमन विभागले गत असार १२ गते सानेपाबाट ९ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो। उनीहरू हाल विभागकै हिरासतमा छन्।
What's Your Reaction?





