डोनाल्ड ट्रम्पको तस्वीरसहित २५० डलरको नयाँ नोट ल्याउने तयारी

 0  4
डोनाल्ड ट्रम्पको तस्वीरसहित २५० डलरको नयाँ नोट ल्याउने तयारी

१६ जेठ, अमेरिका।
अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्वीरसहित २५० डलरको नयाँ नोट ल्याउने तयारी अघि बढेपछि यो विषय अहिले अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनेको छ। अमेरिकी स्वतन्त्रताको २५०औँ वर्षगाँठलाई लक्षित गर्दै प्रस्ताव गरिएको यो नोट जारी हुन भने अझै कानुनी प्रक्रियाबाट पार हुनुपर्नेछ।

अमेरिकी ट्रेजरी विभागले यसअघि ट्रम्पको हस्ताक्षर भविष्यका अमेरिकी कागजी नोटमा समावेश गरिने घोषणा गरिसकेको छ। तर, तस्वीरसहितको २५० डलर नोटका लागि भने हालको कानुन बाधक देखिएको छ। अमेरिकी कानुनअनुसार जीवित व्यक्तिको तस्वीर मुद्रामा राख्न पाइँदैन। यही व्यवस्था परिवर्तन गर्न कांग्रेसबाट कानुन संशोधन आवश्यक पर्नेछ।

यदि संसद्बाट आवश्यक कानुनी संशोधन पारित भयो भने डोनाल्ड ट्रम्प अमेरिकी कागजी मुद्रामा तस्वीर छापिने इतिहासकै पहिलो जीवित व्यक्ति बन्नेछन्। यसअघि अमेरिकी मुद्रामा प्रायः ऐतिहासिक रूपमा दिवंगत भइसकेका राष्ट्राध्यक्ष, संस्थापक नेता तथा राष्ट्रिय व्यक्तित्वहरूको तस्वीर मात्र राखिँदै आएको थियो।

ट्रेजरी अधिकारीहरूले यो तयारीलाई अमेरिकाको २५०औँ स्वतन्त्रता वर्षसँग जोडेर हेरेका छन्। उनीहरूका अनुसार यस्तो नोट प्रतीकात्मक रूपमा अमेरिकी इतिहास, नेतृत्व र राष्ट्रिय गौरवसँग सम्बन्धित हुने दाबी गरिएको छ। तर, आलोचकहरूले भने जीवित राजनीतिक नेताको तस्वीर मुद्रामा राख्ने निर्णयले लोकतान्त्रिक परम्परा र संस्थागत निष्पक्षतामाथि प्रश्न उठाउन सक्ने बताएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow