दशैँका लागि सुकिला नोट भदौ २९ देखि साट्न पाइने
काठमाडौं, १५ भदौ । गत वर्षझैँ यस वर्ष पनि नेपाल राष्ट्र बैंकले दशैँका लागि सुकिला नोट सटही सुविधाको व्यवस्था गरेको छ।
राष्ट्र बैंकले एक सूचना जारी गर्दै नजिकिँदै गरेको बडादशैँमा नयाँ नोट नहुने हुँदा सुकिला नोट साट्न सकिने जनाएको छ।
भदौ २९ गतेदेखि असोज १० गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट लिन सकिने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।
What's Your Reaction?





