पराजयपछि भावुक बने नेयमार, भने– ‘मेरो यात्रा यहीँबाट सुरु भएको थियो, यहीँ अन्त्य भयो’

 0  13
पराजयपछि भावुक बने नेयमार, भने– ‘मेरो यात्रा यहीँबाट सुरु भएको थियो, यहीँ अन्त्य भयो’

२२ असार, काठमाडौं । ब्राजिलका स्टार फुटबलर नेयमार पराजयपछि भावुक बनेका छन्। सन् २०२६ फिफा विश्वकपको अन्तिम–१६ चरणमा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि नेयमारले आफ्नो अन्तर्राष्ट्रिय यात्राको अन्त्य भएको संकेत गरेका हुन्।

खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेयमारले भने, “मैले प्रयास गरें, धेरै प्रयास गरें। मेरो यात्रा यही स्टेडियमबाट सुरु भएको थियो र यहीँ अन्त्य भयो। अब सबै सकियो।”

सन् २०१० मा ब्राजिलको राष्ट्रिय टोलीबाट डेब्यु गरेको स्टेडियममै आफ्नो अन्तर्राष्ट्रिय करियरको अन्तिम खेल खेल्नु उनका लागि निकै भावुक क्षण बनेको थियो। खेल समाप्तिपछि नेयमार आँसु रोक्न सकेनन् र मैदानमै भावुक देखिएका थिए।

३४ वर्षीय नेयमार ब्राजिलका सर्वाधिक गोलकर्ता खेलाडी हुन्। उनले राष्ट्रिय टोलीका लागि ८० गोल गरेका छन्। नर्वेविरुद्धको खेलपछि उनले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने संकेत दिएका छन्, यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow