बागमती प्रदेशमा को को बने मन्त्री ?

 0  34
बागमती प्रदेशमा को को बने मन्त्री ?

२० श्रावण , काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शपथ लिएका छन् । बानियाँलाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।

मुख्यमन्त्री बानियाँसँगै ८ मन्त्रीले पनि पद तथा गोपनियताको शपथ लिएका छन् । नेपाली काङ्ग्रेसबाट दुई मन्त्रीले शपथ लिएका छन् भने एमालेका ६ जनाले मन्त्री पदको शपथ लिएका छन् ।

नेपाली काङ्ग्रेसबाट शिवराज अधिकारी मन्त्री बनेका छन् र उनको जिम्मेवारी तोकिएको छैन भने कृष्ण कुमार तामाङलाई खानेपानी, उर्जा तथा सिचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।एमालेले आफ्नो भागमा परेका ६ जना मन्त्री मध्य ५ जना नयाँ अनुहार छानेको छ भने एक जनालाई दोहोराएको छ । दोहोरिनेमा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । त्यस्तै मधुसुदन पौडेलले कृषि मन्त्रालय, भरत बहादुर केसीले वन मन्त्रालय, जयराम थापाले श्रम, रोजगार तथा यातायात मन्त्रालय, बिन्दु श्रेष्ठले उद्योग मन्त्रालय र डा. दिनेशचन्द्र देवकोटाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow