बाढीपछि बेपत्ता भएकाहरुको खोजी अझै जारी छ : मन्त्री श्रेष्ठ

 0  9
बाढीपछि बेपत्ता भएकाहरुको खोजी अझै जारी छ : मन्त्री श्रेष्ठ

काठमाडौं, ७ असोज । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीपछि सुरूङहरुमा हराइरहेका मानिसहरुको नेपाली सेना र विदेशी विज्ञको समन्वयमा निरन्तर खोजी भइरहेको बताएका छन् ।

मन्त्री श्रेष्ठले बाढीपछि नेपाल विद्युत् प्राधिकरण र अन्य आयोजनाका ९०० जना हराइरहेको भन्दै उनीहरुको खोजी जारी रहेको बताएका हुन्। मन्त्री श्रेष्ठले भने, ‘सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ति सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौँ। अहिलेको हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनःस्थापना गर्नु र क्षतिग्रस्त विद्युत् सडक, पुल लगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु हो। प्रभावित नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी हो ।’ 

प्रतिनिधिसभाको आजको बैठकमा उनले बाढीबाट भएको मानवीय र ऊर्जा क्षेत्रको क्षति तथा हालसम्मका प्रयास र भावी योजनाबारे  जानकारी गराउँदै उनले माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा एक हजार ४३३ जना कार्यरत मध्ये ९५५ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए।

बाढीबाट ११ आयोजना बन्द भएको बताउँदै मन्त्री श्रेष्ठले प्रारम्भिक मूल्याङ्कनअनुसार समग्र ऊर्जा क्षेत्रको पुनरुत्थानका लागि करिब तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको जानकारी गराए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow