भोट कसलाई हाल्नु भयो ? भनेर सोध्ने एक जना पक्राउ
काठमाडौं, २१ फागुन । चितवनमा निर्वाचनका लागि खटिएका एक जना कर्मचारीले मतदातालाई ‘भोट कसलाई हाल्नु भयो ?’ भनी प्रश्न गरेपछि पक्राउ परेका छन्।
चितवन क्षेत्र नम्बर ३ मा पर्ने माणी मा.वि. मतदानस्थलमा निर्वाचनका लागि खटिएका कर्मचारीले मतदातालाई अप्ठेरो पर्ने गरी निर्वाचन आचारसंहित विपरित प्रश्न गरेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चितवन-३ मा नेपाली कम्युनिष्ट पार्टीबाट रेनु दाहाल, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ, नेकपा एमालेबाट शंकर थपलिया, रास्वपाबाट सोविता गौतम र राप्रपाबाट दीपक थापा उम्मेदवार छन्।
What's Your Reaction?





