भ्रष्टाचारमा मुछिएका अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

 0  13
भ्रष्टाचारमा मुछिएका अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी

काठमाडौं, ११ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ ।

सिन्धुली कमलामाईका युवराज पौडेलले राईमाथि वाइडबडी विमान खरिद अनियमितता, नेपाल आयल निगमको जग्गा खरिद अनियमितता र नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितहरुले राईको गाडीमा पैसा हालिदिएको विषयमा छानविन गरी कारवाहीको माग गरेका हुन् ।

पौडेलले उजुरीमा भनेका छन्, ‘अख्तियारका प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका प्रेमकुमार राईमाथि तत्काल पुरक अभियोग पत्रमार्फत मुद्दा दायर गरी हदैसम्मको कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्दै उजुरी पेश गरेको छु ।’

पौडेलले राईमाथि अनुसन्धान गर्नुपर्ने माग राखी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा आइतबार उजुरी दर्ता गरेका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow