महावीर पुन र सुदन गुरुङले लिए मन्त्रीको जिम्मेवारी
२७ जेठ, काठमाडौं। संघीय सरकारमा फेरि दुई चर्चित अनुहारको प्रवेश भएको छ। विज्ञान तथा नवप्रवर्तन अभियन्ता महावीर पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुदन गुरुङलाई प्रधानमन्त्रीको सिफारिसमा मन्त्री नियुक्त गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित समारोहमा उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने गुरुङले पुनः गृह मन्त्रालयको नेतृत्व सम्हालेका छन्।
केही समयअघि व्यवसायिक लगानी र सेयर सम्बन्धी विवादका कारण गृह मन्त्रालयबाट बाहिरिएका गुरुङ सरकारी छानबिनपछि पुनः जिम्मेवारीमा फर्किएका हुन्।
ग्रामीण क्षेत्रमा इन्टरनेट विस्तारदेखि राष्ट्रिय आविष्कार केन्द्र स्थापनासम्मका अभियानबाट परिचित महावीर पुनको सरकारमा पुनरागमनलाई नवप्रवर्तन र अनुसन्धान क्षेत्रमा नयाँ आशाका रूपमा हेरिएको छ।
What's Your Reaction?





