राप्रपा युवा सङ्गठनमा झडप, अधिवेशन स्थगित गरेर बाहिरिए अध्यक्ष लिङदेन

काठमाडौं, २८ साउन । राप्रपा निकट युवा सङ्गठनको अधिवेशनमा युवाहरूबीच हात हालाहाल भएको छ । अधिवेशन शुरु नहुँदै युवाहरूबीचमा झडप भएको थियो । अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशम्शेर राणा पक्षका युवाहरूबीच हातहाल भएको हो।
कार्यक्रममा उपस्थित रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले विवाद रहेका विषय अधिवेशनको बन्दसत्रमा राख्न आग्रह गरेका थिए । अध्यक्ष लिङदेनले अधिवेशन शुरु नहुँदै नाराबाजी नगर्न आग्रह गर्दै यो विषयलाई नोटिसमा लिएको भन्दै मिसनमा रहेको पार्टीमा यस्तो क्रियाकलाप नगर्न आग्रह गरेका थिए ।
तर, युवाहरूले नाराबाजी जारी राखेपछि अध्यक्ष लिङदेनले जिल्ला अधिवेशन स्थगित भएको घोषणा गरेर हलबाट बाहिरिएका थिए । अहिले अधिवेशन स्थलमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।
What's Your Reaction?






