रञ्जिता नै नागरिक उन्मुक्तिको अध्यक्ष : निर्वाचन आयोग
काठमाडौं, २८ साउन । नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने भएकी छन् । निर्वाचन आयोगको मंगलबार सम्पन्न बैठकले पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहेको ठहर गरेको हो।
पार्टीका तर्फबाट पदाधिकारी हेरफेर भएको भनी केही विवरण आए पनि त्यो प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय आयोगले गरेको हो । नाउपाको संस्थापक सदस्यहरूको भेलाले साउन १५ गते श्रेष्ठलाई अपदस्थ गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो। लालवीर नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीका बुवा हुन् भने रञ्जिताका ससुरा हुन्।
भेलाको निर्णय अनुसार नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित अद्यावधिकका लागि निर्वाचन आयोगलाई पत्र पठाएको थियो । तर, आयोगले राजनीतिक दलसम्बन्धी ऐन र सम्बन्धित पार्टीको विधानअनुसार पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको हो ।
What's Your Reaction?





