कांग्रेस-एमाले गठबन्धन २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री ओली

 0  18
कांग्रेस-एमाले गठबन्धन २०८४ को निर्वाचनसम्म जान्छ : प्रधानमन्त्री ओली

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८४ सालको निर्वाचनसम्म अहिलेकै कांग्रेस र एमाले गठबन्धन अघि बढ्ने बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक र नीतिगत स्थीरता कायम गर्न र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काउन भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको जिकिर गरे । उनले जसले जतिसुकै अस्थीरता चाहे पनि २०८४ सम्म यही सरकार रहने बताए ।

‘म सबैलाई स्पष्ट पार्न चाहन्छु, अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी २०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ,’ उनले भने । उनले विपक्षी दलहरूलाई अस्थीरता प्रिय भएको आरोप पनि लगाए।

ओलीले भने, ‘विपक्षमा रहेका दलहरूलाई स्थिरता कति अप्रिय लागेको हो ?,’ उनले भने, सरकार बनाउने संसद्को गणितले हो, बलियो संसदीय गणितको जगमा उभिएको सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनेर अस्थिरताका लागि हल्ला पिटि रहने जस्तो अस्थिरताको यो पक्षपोषण के का लागि ? देशका लागि, राजनीति र नीतिगत स्थिरताका लागि त यो पक्कै होइन र हुन सक्दैन ।’ 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow