प्रधानमन्त्री सँगको भेटघाटमा के कुरा भयो सुनचाँदी व्यवसायीहरूको ?

काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल रत्न तथा आभूषण महासङ्घ र सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिको तर्फबाट सयुक्त रुपमा भेटी यस क्षेत्रका वर्तमन समस्याप्रति गम्भीर ध्यानआकर्षण गराएको छ । आर्थिक वर्ष ०८२/०८३ देखि कार्यान्वयनमा आउने भनिएको सुनका गरगहनामा दुई प्रतिशत विलासिता कर र हीरा तथा बहुमूल्य रत्नमा १३ प्रतिशत भ्याटको खारिजीको लागि पुन ध्यानाकर्षण गराएका हुन् ।
सो भेटघाटको क्रममा व्यवसायी तर्फका प्रतिनिधि मण्डलले - प्रधानमन्त्री ओलीलाई २% विलासिता कर, १३% VAT, भन्सार शुल्क आदि जोडिँदा गहना २५–३०% सम्म महँगो पर्न गई यसले मध्यम वर्ग र आम ग्राहकले गहना नकिन्ने अवस्था आउने बताउँदै भारतमा कर कम (करिब ६%) र नेपालमा धेरै (२५–३०%) भएपछि कालाबजारीहरूले सुन लुकाएर ल्याउने सम्भावना बढ्ने हुँदा इमानदार व्यवसायी , साना सुनचाँदी पसलहरूले पसल बन्द गर्नुपर्ने अवस्था आउने जसले नेपाली श्रम बजारमा रोजगारी गुम्ने, घरेलु सीप , मौलिक परम्परा ,पुर्खौली पेसा हराउने चिन्ता ब्याक्त गरेका थिए ।
त्यसैगरी नेपालबाट विदेश निर्यात गरिने गरगहना महँगो पर्दा अन्तराष्ट्रिय बजारमा नेपाली गरगहनाहरूले प्रतिस्पर्धा गर्न कठिन हुने ,सामान्य व्यवसायीहरूलाई दैनिक रुपमा हिसाब किताब राख्न, समयमा कर बुझाउन , प्रविधिको प्रयोगको ज्ञानको अभाव आदि कार्यले झन्झटिलो हुने आदि कुराको अवगत गराएका थिए |
सो भेटघाटमा नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका तर्फ बाट अध्यक्ष किसान सुनार , निवर्तमान अध्यक्ष सुरेशमान श्रेष्ठ , महासचिव विमल धमला ,नेपाल उधोग वाणिज्य सङ्घका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ ,नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिका संयोजक विपिन रामुदामु लगायतको सहभागिता रहेको थियो |
प्रधानमन्त्री ओलीले सुनचाँदी व्यवसायीहरूका समस्या प्रति आफू गम्भीर रहेको साथै यसको यथाशीघ्र चाँडो समाधान खोज्न सम्बन्धित मन्त्रालय एवं विभागहरू सँग समन्वय गरि व्यवसायीहरूका जायज माग सम्बोधनको लागि पहल गरिने बताइएको महासङ्घका अध्यक्ष किसान सुनारले जानकारी गराए ।
What's Your Reaction?






