मैले संविधान संशोधनका लागि उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल

 0  21
मैले संविधान संशोधनका लागि उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल

काठमाडौं, २२ माघ । काठमाडौं–५ बाट उम्मेदवार दिएका एमाले नेता ईश्वर पोखरेलले संविधान संशोधनका लागि आफूले उम्मेदवारी दिएको बताएका छन् ।

२०५६ सालदेखि नै त्यही क्षेत्रबाटै उम्मेदवार रहँदै आएका नेता पोखरेलले यस क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा रहेको जिकिर गर्दै सुझाव मागेका छन्।

‘नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाइ समाजवादको आधार निर्माणको दिशामा अगाडि बढ्ने उद्देश्यका साथ म आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२  मा  नेकपा एमालेको तर्फबाट काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार छु,’ उनले भनेका छन्।

‘तपाईंको सृजनात्मक र उपयोगी सुझाबले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र वस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु,’ उनले भनेका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow