म सिंगो देशलाई नै उज्यालो बनाउन चाहन्छु, मलाई साथ दिनुहोस् : कुलमान घिसिङ
काठमाडौं, १९ मंसिर । उर्जामन्त्री कुलमान घिसिङले आफूले सिंगो देशलाई नै उज्यालो बनाउन चाहेको बताएका छन् । शुक्रबार गृह जिल्ला रामेछाप पुगेका मन्त्री घिसिङले आफूले देशको नेतृत्व गर्दै सिंगो देशलाई नै उज्यालो बनाउन चाहेको बताएका हुन्।
अब देशलाई उज्यालो बनाउन आफूले देशको नेतृत्व गर्न आवश्यक रहेको बताएका मन्त्री घिसिङले भने, ‘आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ। त्यसको लागि तपाईहरूको साथ र सहयोग आवश्यक छ।’
‘मैले लामो समयसम्म विद्युत् प्राधिकरण लगायत धेरै ठाउँमा काम गरे र एउटा नेतृत्वदायी भूमिकामा जाने मौका पाएँ,’ जनताको साथ, सहयोग, सद्भाव र विश्वासले काम गर्न सकेको बताउँदै उनले भने, ‘सबै जनताको विश्वास र जनताको चाहना अनुसार म एउटा मन्त्रीको रूपमा आएको छु। आगामी दिनमा यो देशको नेतृत्व पनि गर्नुपर्छ भन्ने मलाई लागेको छ।’
What's Your Reaction?





