राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन : गृहमन्त्री गुरुङ

 0  6
राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन : गृहमन्त्री गुरुङ

काठमाडौं, २० असोज । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा जिम्मेवारीमा रहेका कुनै पनि पदाधिकारी वा कर्मचारीले आफ्नो पदीय हैसियत भुलेर गोप्य वा संवेदनशील सूचना अनाधिकृत व्यक्ति वा निकायलाई चुहाउने प्रवृत्तिविरुद्ध सरकार कठोर हुने बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गृहमन्त्री गुरुङले आफूले लामो समयदेखि सूचना चुहाउने प्रवृत्तिलाई नियालि रहेको बताउँदै राज्यको गोप्य सूचना दुरुपयोग गर्नेलाई कानुनी दायरामा ल्याइने बताएका हुन्। 

गृहमन्त्री गुरुङले लेखेका छन्, ‘राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो । पदले सूचनामा पहुँच दिन्छ, तर दुरुपयोग गर्ने अधिकार दिँदैन। यहाँ प्राप्त हुने सानोभन्दा सानो सूचना, सुराक वा गुप्त जानकारीले समेत अपराध रोक्न, अनुसन्धान अघि बढाउन वा भविष्यमा कुनै गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न निर्णायक भूमिका खेल्छ। राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान आफ्नो देश र सङ्गठनमाथि विश्वासघात गर्ने जोसुकै होस्, कुनै उन्मुक्ति पाउने छैन, कानुनको कठघरामा ल्याइनेछ ।’

गृह मन्त्रालयले सोमबार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले सूचना चुहाएको आरोपमा निलम्बन गरेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow