लोकप्रिय बन्दै एयर बीएनबी व्यवसाय

 0  37
लोकप्रिय बन्दै एयर बीएनबी व्यवसाय

हेम राई 

एयर बीएनबी (Airbnb) एउटा सफल अनलाइन प्लेटफर्म हो, जसले संसारभरका मानिसहरूलाई आफ्ना घर, कोठा, अपार्टमेन्ट, वा अन्य स्थानहरू भाडामा दिन र लिन सुविधा दिन्छ। यसको इतिहास प्रेरणादायक छ जसको सामान्य विचारबाट सुरु भएर एक बहुराष्ट्रिय व्यवसायको रूपमा रूपान्तरण भएको छ। 

ब्रायन चेस्की, जो गेब्बिया र नेथन ब्लेचारजिकले सन् २००७ मा एयर बीएनबीको सुरुवात गरेका थिए । ब्रायन र जो गेब्बिया त्यस समयमा सान फ्रान्सिस्कोमा बस्ने गर्दथे, आफु बसेको फ्लाइटको सामन्य भाडा तिर्न पनि उनीहरुलाई कठिनाइ थियो । त्यसबेला, उनीहरूले एक नयाँ आइडिया सोचे, आफ्नै अपार्टमेन्टमा खाली कोठा भाडामा दिने। उनीहरूले तीनवटा एयर म्याट्रेस (हावाको गद्दा) को व्यवस्था गरे र यसलाई एयर बेड एण्ड ब्रेकफास्ट नाम दिए। यसको मुख्य उद्देश्य पर्यटक र यात्रुहरूलाई सस्तो र आरामदायक स्थान उपलब्ध गराउने थियो।

सन् २००९ मा एयर बीएनबीले पहिलो लगानी (Seed Funding) जुटायो, जसले कम्पनीलाई आफ्नो व्यवसाय विस्तार गर्न मद्दत गर्‍यो। सन् २०११ सम्ममा एयर बीएनबीले १ मिलियन बुकिङ पूरा गर्‍यो। यसले विश्वभरका ठूला सहरहरूमा आफ्नो पहुँच विस्तार गर्न थाल्यो। सन् २०१५ सम्ममा कम्पनीले होटल व्यवसायसँग प्रतिस्पर्धा गर्दै अनलाइन भाडा बजारमा एक प्रमुख खेलाडीको रूपमा आफूलाई स्थापित गर्‍यो।

सन २०२० मा COVID-१९ महामारीका कारण पर्यटकीय उद्योगमा ठूलो कमि र नकारात्मक प्रभाव पर्‍यो। तर, एयर बीएनबी मार्फत बुकिङ्ग भएका लामो समयका लागि घर भाडामा लिने ग्राहकहरूको संख्यामा वृद्धि देखियो । सन् २०२० डिसेम्बरमा एयरबीएनबीले सार्वजनिक रूपमा(IPO)  निष्काशन गर्दै एउटा बहुराष्ट्रिय कम्पनी बन्यो।

एयर बीएनबी लोकप्रिय र सफल हुनु को मुक्य कारण 

- एयर बीएनबीले होटेलहरूको परम्परागत व्यवसाय मोडेलमा क्रान्ति ल्यायो।

- स्थानीय र सांस्कृतिक अनुभवको चाहना भएका यात्रुहरूका लागि प्रमुख गन्तव्य बन्यो।

- स्थानीय पर्यटन क्षेत्रको विकासमा सहयोग पुर्‍यायो।

- घर भाडा दिने व्यक्तिहरूले अतिरिक्त आम्दानी गर्ने अवसर पाए।- 

एयर बीएनबी ब्यावसाय कसरि सुरु गर्ने ?

  • एयर बीएनबीको वेबसाइट वा एपमा जाने 
    वेबसाइट :   www.airbnb.com
  •  मोबाइल एप : एयर बीएनबीको आधिकारिक एपलाई Google Play Store वा Apple App Store बाट डाउनलोड गर्ने ।
  • साइन अप (Sign Up) गर्न 

खाता खोल्नका लागि कुनै एक माध्यम इमेल ठेगाना वा सोशल मिडिया खाता प्रयोग गर्न सकिन्छ । आफ्नो रकम भुक्तानीको लागि डेबिट - क्रेडिट कार्ड, PayPal वा अन्य उपलब्ध विकल्पहरू प्रयोग गर्न सकिने छ । एक पटक खाता बनिसकेपछि, एयर बीएनबीमा आफ्नो गन्तव्यको लागि कोठा खोजी गर्न,आफ्नो घर,कोठा सूचीबद्ध गर्न,अनुभव शेयर गर्न र अन्य सेवाहरू उपयोग गर्न सकिने छ ।

आफ्नो प्रोफाइललाई आकर्षक बनाउन सही तस्बिर अनि प्रस्ट विवरण राख्ने गर्नुपर्छ । एयर बीएनबीमा आफ्नो स्थान घर, कोठा, अपार्टमेन्ट आदि सूचीबद्ध गर्नका लागि तस्बिर र विवरण राख्ने प्रक्रिया निकै सरल छ। 

  • आफ्नो स्थान सूचीबद्ध  (List)  गर्न,
  •  उपलब्ध सुबिधाहरुको आधारभूत विवरण दिने,
  • आफ्नो स्थानको बारेमा केही जानकारी दिनुपर्ने छ ।

 

कस्तो प्रकारको स्थान हो ? अपार्टमेन्ट, घर, कोठा, वा अन्य
स्थानको ठेगाना, अतिथिहरूका लागि उपलब्ध ठाउँको संख्या।
बिस्तराको संख्या, कोठा, र बाथरूमहरूको विवरण।
राम्रो र गुणस्तरको तस्बिर अपलोड गर्न । उज्यालो र स्पष्ट तस्बिरले अतिथिहरूलाई आकर्षित गर्छ।
स्थानको मुख्य भागहरू देखाउने  (जस्तै, बिस्तरा, बैठक कोठा, भान्सा, बाथरूम आदि ) यसमा १० देखि १५ तस्बिर अपलोड गर्न सकिन्छ।
आकर्षक र स्पष्ट शीर्षक राख्ने ।
स्थानको सुविधाहरू, स्थानको फाइदाहरू, र निकट रहेका आकर्षणहरूको बारेमा बर्णन ।
अतिथिहरूका लागि आवश्यक नियमहरू उल्लेख गर्न ।
उदाहरण : धूम्रपान गर्न निषेध,  मूल्य निर्धारण दैनिक भाडा शुल्क,एयर बीएनबीले बजार मूल्यको बारेमा सुझाव दिन्छ, जसलाई हामीले समायोजन गर्न सकिनेछ ।
- अन्य विवरणहरू
चेकइन र चेकआउट समय।
सुविधाहरू : वाइफाइ, पार्किङ, एसी, किचन, आदि।
-सुरक्षा मापदण्डहरू : फायर अलार्म, फस्ट एड  बक्स। अतिथिहरूले बुझ्न सक्ने स्पष्ट र सत्य विवरण र प्रतिस्पर्धी मूल्य राख्ने ,आसपासका स्थानहरूको मूल्य जाँच गरी उचित शुल्क तोक्ने काम गर्नु पर्दछ ।अतिथिहरूसँग मैत्रीपूर्ण व्यवहार गर्न ।

यो प्रक्रिया पूरा गरेपछि एयर बीएनबीमा अतिथिहरूले बुक गर्न सक्नेछन्। कुनै पनि बुकिङ निश्चित गर्नुभन्दा भाडादरसँग स्पष्ट रूपमा कुरा गर्न र सदैव आफ्नो भुक्तानी र सम्पर्क विवरण सुरक्षित राक्ने काम गर्न ( के तपाई एयर बीएनबी ब्यवसाय सुरु गर्ने सोचमा हुनुहुन्छ ? थप जानकारी र सहयोगका लागि हामीलाई सम्पर्क गर्नु होला )

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow