विद्युतीय माध्यमबाट व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन

 0  6
विद्युतीय माध्यमबाट व्यापार गर्ने व्यवसायीलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन

०३ भदौ, काठमाडौं । विद्युतीय माध्यम तथा डिजिटल प्लेटफर्ममार्फत वस्तु तथा सेवाको कारोबार सञ्चालन गर्दै आएका व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन सरकारले निर्देशन दिएको छ।

पछिल्लो समय विभिन्न विद्युतीय माध्यम तथा डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रममा पार्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु तथा सेवा बिक्री–वितरण गर्ने सम्बन्धी गुनासो बढ्दै गएको भन्दै विभागले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभागले विद्युतीय माध्यम वा प्लेटफर्मबाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायी तथा सरोकारवालालाई तोकिएको प्रक्रिया पूरा गरी अनिवार्य रूपमा विभागमा सूचीकृत हुन र प्रचलित कानुनको पूर्ण पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ।

सूचनाको बेवास्ता गर्दै सूचीकृत नभएका वा गैरकानुनी विद्युतीय प्लेटफर्ममार्फत व्यवसाय सञ्चालन गरेको पाइएमा विद्युतीय व्यापार ऐन, २०८१ तथा अन्य प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow