विद्युत व्यापारमा नेपालको नयाँ छलाङ : भारत र बंगलादेशमा बिजुली बेचेर कमायो २९ अर्ब ३२ करोड

 0  6
विद्युत व्यापारमा नेपालको नयाँ छलाङ : भारत र बंगलादेशमा बिजुली बेचेर कमायो २९ अर्ब ३२ करोड

काठमाडौं, ७ साउन । नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/०८३ मा भारत तथा बङ्गलादेशतर्फ विद्युत् निर्यात गरेर नेपालले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ ।

प्राधिकरणद्वारा सार्वजनिक आर्थिक वर्ष २०८१/०८२ र समीक्षा वर्ष २०८२/०८३ को क्रस-बोर्डर विद्युत् आयात-निर्यातको तथ्याङ्कले नेपालको ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम भएको देखाएको छ। प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट (केडब्लुएच) विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो।

तर समीक्षा वर्ष २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। भारतीय खुला बजार (आईईएक्स-डीएएम, आईईएक्स-आरटीएम, एनभीभीएन) तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७.५६ रुपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरी यो ऐतिहासिक आम्दानी हासिल भएको हो।

प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब ३८ करोड २९ लाख युनिट (केडब्लुएच) विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी भएको थियो।

तर, समीक्षा वर्ष २०८२/०८३ मा निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत समीक्षा वर्षमा औसत ७.५६ रूपैयाँ प्रति युनिटका दरले बिजुली बिक्री गरेको छ।

निर्यात आम्दानीमा वृद्धि हुँदा समीक्षा वर्षमा बाह्य स्रोतबाट हुने विद्युत आयात भने उल्लेख्य रूपमा घटेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रूपैयाँ बाहिरिएको थियो। 

तर, समीक्षा वर्ष २०८२/०८३ मा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित भएको छ।

आयात परिमाण घटेसँगै समीक्षा वर्षमा कुल आयात खर्च पनि घटेर १० अर्ब ५५ करोड ९९ लाख रूपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२९ प्रतिशतले कम हो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow