शनिबार अपराह्नपछि चक्रवात ‘अर्णव’ को प्रभाव कम हुने विभागको अनुमान

 0  5
शनिबार अपराह्नपछि चक्रवात ‘अर्णव’ को प्रभाव कम हुने विभागको अनुमान

काठमाडौं, १३ कात्तिक । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्णव’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ ।

भारतमा शक्तिशाली चक्रवात ‘अर्णव’ बलियो न्यूनचापीय क्षेत्रका रूपमा विकसित भए पनि नेपाल प्रवेश गर्दा कमजोर भएकाले नेपालमा वर्षा, हिमपात तथा हावाहुरीको असर भने सामान्य रहेको विभागले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ । शनिबार अपराह्नदेखि भने यसको प्रभाव क्रमिक रुपमा कम हुने भए तापनि स्थान विशेष मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन विभागले अनुरोध गरेको छ ।

आज दिउँसो र राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ भने राति पनि देशका अधिकांश स्थानमा बदली रहनेछ ।

सो अवधिमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने केही स्थानमा भारी वर्षा तथा हिमपात हुनसक्ने पूर्वानुमान गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow