सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्ने

 0  19
सरकारी कर्मचारीको तलब २१ प्रतिशतले बढ्ने

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ।

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब वृद्धि गर्ने निर्णय गरिएको जानकारी दिए। बढ्दो महँगी र जीवनयापन खर्चलाई ध्यानमा राख्दै तलब समायोजन गरिएको सरकारको भनाइ छ।

अर्थमन्त्री वाग्लेका अनुसार हाल खाइपाइ आएको पारिश्रमिकमा करिब २१ प्रतिशत वृद्धि हुनेछ। नयाँ व्यवस्थापछि ग्रेडसहित न्यूनतम तलब करिब ४० हजार रुपैयाँदेखि एक लाख रुपैयाँभन्दा माथिसम्म पुग्ने अनुमान गरिएको छ।

सरकारको यो निर्णयबाट निजामती कर्मचारी, शिक्षक, सुरक्षाकर्मी तथा सरकारी सेवामा कार्यरत लाखौँ कर्मचारी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।

लामो समयदेखि तलब वृद्धिको माग गर्दै आएका कर्मचारीहरूका लागि यो निर्णय राहतको रूपमा हेरिएको छ। महँगीका कारण जीवनयापन कठिन हुँदै गएको अवस्थामा तलब वृद्धिले कर्मचारीको आर्थिक भार केही कम हुने अपेक्षा गरिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow