सुनचाँदीको मूल्यमा व्यापक गिरावट

 0  26
सुनचाँदीको मूल्यमा व्यापक गिरावट

काठमाडौं, ३ जेठ । साताको पहिलो दिन आज आईतबार सुनचाँदीको मूल्यमा व्यापक गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ५ सय रुपैयाँ घटेर २ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।

गत शुक्रबार तोलामा ४ हजार रुपैयाँ घटेको सुन आज पनि तोलामा ४ हजार ५ सय रुपैयाँ घटेको हो । बिहीबार ३ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार र आइतबार गरी तोलामा ८ हजार ५ सय रुपैयाँ घटेको हो ।

सुनसँगै आज चाँदी पनि तोलामा ३३० रुपैयाँ घटेर तोलाको ५ हजार ६० रुपैयाँमा झरेको महासंघले जनाएको छ। गत शुक्रबार तोलामा ३५५ रुपैयाँ घटेर चाँदीको मूल्य तोलाको ५ हजार ३९० रुपैयाँमा झरेको थियो।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow