सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा उकालो

 0  13
सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा उकालो

२० श्रावण, काठमाडौं। नेपाली सुनचाँदी बजारमा आज (बुधबार) सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा उकालो लागेको छ। लगातारको वृद्धि क्रमसँगै सुनको मूल्यले फेरि नयाँ उचाइ छोएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि आज बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ९५ रुपैयाँले महँगिएर ४ हजार ४७५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य ४ हजार ३८० रुपैयाँ प्रतितोला रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार १२७ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६० अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow