सुन सिफारिस अब प्रदेशमार्फत गर्न सुनचाँदी महासंघको निर्णय, रत्न तथा आभूषण महासंघले के गर्ला?

 0  17
सुन सिफारिस अब प्रदेशमार्फत गर्न सुनचाँदी महासंघको निर्णय, रत्न तथा आभूषण महासंघले के गर्ला?

२५ असार, काठमाडौं । शक्ति पृथकीकरण एवं प्रदेशलाई अधिकार प्रत्यायोजन गर्दै नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन सिफारिससम्बन्धी प्रक्रिया अब सम्बन्धित प्रदेश महासंघमार्फत अघि बढाउने निर्णय गरेको छ।

महासंघको १३औँ कार्यसमिति बैठक तथा सुन सिफारिस समितिको २०८२ श्रावण २४ गते बसेको बैठकको निर्णयअनुसार सुन सिफारिसका लागि जिल्ला तथा नगर संघहरूले आफू सम्बन्धित प्रदेशका अध्यक्षसँग समन्वय गरी प्रदेश महासंघमा सिफारिस पठाउनुपर्ने व्यवस्था गरिएको हो।

सम्बन्धित जिल्ला तथा नगर संघहरूले आफ्ना प्रदेश अध्यक्षसँग आवश्यक समन्वय गरी सुन सिफारिससम्बन्धी प्रक्रिया अघि बढाउन महासंघले आग्रह गरेको जनाएको छ।

महासंघका अनुसार प्रदेश अध्यक्षहरूमार्फत सुन सिफारिससम्बन्धी कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। महासंघका महासचिव किरणभाई बज्राचार्यले यसबारे जानकारी दिएका हुन्।

यससँगै सुनचाँदी क्षेत्रकै अर्को संस्था नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले पनि सुन सिफारिससम्बन्धी अधिकार प्रदेश तहलाई प्रत्यायोजन गर्छ कि गर्दैन भन्ने  चासोको विषय बनेको छ।

सुनचाँदी व्यवसायी महासंघले प्रदेश तहलाई अधिकार प्रत्यायोजन गरेपछि रत्न तथा आभूषण महासंघले पनि सोही अभ्यासलाई निरन्तरता दिने हो वा केन्द्रीय तहबाटै सुन सिफारिसको प्रक्रिया अघि बढाउने हो भन्ने विषयमा व्यवसायीहरूबीच चासो बढेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow