८ हजार ७४७ मत प्राप्त गरेका प्रचण्ड जित नजिक
रूकुम, २२ फागुन । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रूकुम पूर्वमा ८ हजार ७४७ मत प्राप्त गर्दै जिततर्फ अग्रसर भएका छन्।
प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरिरहँदा एमालेका लिलामणि गौतमले ३०१७, कांग्रेसकी कुसुमदेवी थापाले २ हजार ४७७, रास्वपाका लखनकुमार थापाले ७१२ मत प्राप्त गरेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार रूकुम पूर्वमा ३४ हजार ७७२ कुल मतदाता रहेकोमा १९ हजार १०६ जनाले मतदान गरेका थिए ।
What's Your Reaction?





