एलन मस्क कसरी यतिका सफल व्यक्ति बने ?

 0  119
एलन मस्क कसरी यतिका सफल व्यक्ति बने ?

एलन मस्कको  पूरा नाम  एलन रिव मस्क हुन् | उनको जन्म  जुन २८, १९७१, प्रिटोरिया, दक्षिण अफ्रिकामा भएको हो | उद्यमी, आविष्कारक, प्रविधि विशेषज्ञ आदि बाट  मस्क परिचित रहेको छ |

एलन मस्क सँग अमेरिकी, क्यानडियन र दक्षिण अफ्रिकी लगायत मुलुकहरूको नागरिकता रहेको छ | बुबा एरोल मस्क ( इन्जिनियर र पाइलट ) र आमा मे मस्कका (डाइटिसियन र मोडल )  छोरा एलन मस्क बाल्यकालदेखि नै पुस्तकप्रेमी , प्राविधिक सोच भएका र १० वर्षकै उमेरमा कम्प्युटर प्रोग्रामिङमा  पोख्त थिए।

 मस्क उच्च शिक्षाका लागि १७ वर्षको उमेरमा क्यानाडा पलायन भै पेन्सिल्भानिया विश्वविद्यालयबाट फिजिक्स र इकोनमिक्समा स्नातक (Bachelor's degree)  गरे ।
स्यान्डफोर्ड विश्वविद्यालयमा पिएचडीको लागि  भर्ना भए पनि इन्टरनेटको व्यवसाय सुरु गर्न भनी भर्ना भएको दुई दिनमा नै मस्कले अध्ययन छाडे। एलन मस्क विश्वलाई प्रभाव पार्ने नयाँ प्रविधि र विचारको वकालत गर्ने आधुनिक युगका अग्रणी उद्यमी हुन्। धेरैका लागि प्रेरणाको स्रोत पनि हुन् |

एलन मस्कको दैनिकी -
एलन मस्क आफ्नो समयलाई कुशलताका साथ व्यवस्थापन गर्ने  कार्यशैलीका लागि प्रख्यात छन्। उनी समयलाई मिनेट-स्तरमा विभाजन गर्दै अत्यावश्यक कामहरूमा केन्द्रित रहन्छन् । 

मस्क बिहान ६:३० बजे भित्र उठी कडा शारीरिक व्यायाम गर्ने गर्दछन् | नित्यकर्म पछि  नास्ता गर्न , नास्तामा मुख्यतः कफी र हल्का नास्ता गर्न मन पराउँछन् ।

बिहानको ०८ बजे देखि साँझको १० बजे सम्मको कार्यतालिका -

अधिकांश समय आफ्ना कम्पनीहरूको काम, प्राविधिक छलफल र समस्या समाधानमा लगाउने । कामलाई ५-१० मिनेटको सत्रमा विभाजन  गर्ने एवं प्रमुख प्राथमिकतामा रहेका कामहरू - 
-Tesla -इलेक्ट्रिक गाडीको डिजाइन र उत्पादनसम्बन्धी निर्णय |
 -SpaceX अन्तरिक्ष मिसन र प्राविधिक योजना |
-Neuralink र The Boring Company का महत्वपूर्ण योजनाहरू।

मध्यान्हको भोजन- कामको बीचमा छोटो, हल्का खाना खाने। छोटो समयमा खाना खाने र कामलाई निरन्तरता दिने गर्दछन् ।

साँझको ०६ बजे देखि ०९ बजेको समय -
यो समय उनी परिवार र बच्चाहरूका लागि  छुट्याउछन् । कहिले काहीँ पुस्तक पढ्ने र आफूलाई मनपर्ने सङ्गीत सुन्ने पनि गर्दछन् ।

रातको १० देखि १२ बजेको समय -
यो समयमा उनी इमेल चेक गर्ने , नयाँ आइडियाबारेमा सोच्ने , अघिल्लो दिनको योजना बनाउने आदि गर्दछन् ।

रातको १२ बजे मस्क सुत्ने गर्दछ |

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow