कविता - टाठा बाठाको रातारात महल ठडी बसेका छन

कविता
टाठा बाठाको रातारात महल ठडी बसेका छन्
कोही खाडीको तातो घाममा डढी बसेका छन् ।
किन अफिस ढिला आउनुहुन्छ हाकिम साहेबहरू ?
उहाँहरूकै ट्वाइलेट, बाथरुममा पनि घडी बसेका छन् ।
लाज ढाक्न मुख छोपेर हिडछन च्यातिएका गुन्यू चोलिहरु
कसैका सारिहरुमा लाखौ लाखका जडी बसेका छन् ।
कति पढे छोरानातीले सोध्नु ती वृद्धा र बिधुवा आमाहरूलाई
जो बोक्सीको आरोपमा मलमूत्र खाई लडी बसेका छन् ।
कति आधुनिक भयो समाज बताउँलान ती बैनिहरुले
जाडोले कठ्याङ्ग्रिएर चिसो गोठमा छाउपडी बसेका छन्।
( कवि- रिटर्नी फेडेरेसन नेपालका उपाध्यक्ष हुन् )
What's Your Reaction?






