कीर्तिपुरमा आगलागी भएको गाडीमा जलेर एक पुरुषको मृत्यु
जनकपुरधाम, ५ साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा पार्किङ गरिएको बा५च ३०३८ नम्बरको गाडीमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
मंगलबार बिहान करिब ११:२० बजेतिर कीर्तिपुरको ट्यांग्लाफाट चाँदनी चोकमा पार्किङ गरिएको गाडीमा आगलागी भएको थियो ।
आगलागी भएको गाडी नबिल बैंकको नाममा रहेको खुलेको र उक्त गाडीबाट एक जना पुरुषको शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।
What's Your Reaction?





