चारपटक चुनाव जितेँ, मन्त्री पनि भइनँ, मेरो घर जलाउनु पर्ने कारण के थियो ? शशांक कोइराला

 0  50
चारपटक चुनाव जितेँ, मन्त्री पनि भइनँ, मेरो घर जलाउनु पर्ने कारण के थियो ? शशांक कोइराला

काठमाडौं, ३ असोज । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आफू अहिलेसम्म मन्त्री समेत नभएको र भ्रष्टाचार नगर्दा पनि घर जलाइएकोमा गुनासो पोखेका छन् ।

संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कोइरालाले जेनजीलाई आफ्नो घर किन जलाएको भनी प्रश्न समेत गरेका छन् । ‘मेरो घर पनि जल्यो । मैले के गल्ति गरेको थिएँ ? थाहा छैन । चार चोटि चुनाव जितेँ, मन्त्री पनि भएको छैन । न त भ्रष्टाचार नै गरेको छ ।’

उनले थपे, ‘मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो । ८० वर्ष पुरानो कोइराला निवास जल्यो । किन जल्यो ? यो प्रश्नको उत्तर म दिन सक्दिनँ ।’ उनले जेनजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सञ्जालको विरोधमा आन्दोलन गरेको उल्लेख गर्दै आन्दोलनमा घुसपैठ भएकै कारण राज्य संरचना खरानी भएको बताए।

उनीहरूले तीन वटा कुराहरू उठाए उनले भने, ‘सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै थियो । तर, पछि उनीहरूले त हरेक ठाउँमा आगो लगाए । म त अचम्ममा परेँ । कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो । मान्छेहरू मरे’ उनले भने, ‘भनिन्छ, एक्सपर्टले गोली हानेको छ । टाउको र छातीमा नै गोली हानेको छ । जुन पुलिसले गर्नै सक्दैन । घुसपैठहरू आन्दोलनमा घुसेका छन् ।’ उनले वास्तविक जेनजी को हो भनेर ठम्याउनुपर्ने बेला भएको बताए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow