तमिलनाडु सरकारको किसानमुखी निर्णय, १४ लाखभन्दा बढी किसानको ऋण माफी घोषणा

 0  6
तमिलनाडु सरकारको किसानमुखी निर्णय, १४ लाखभन्दा बढी किसानको  ऋण माफी घोषणा

१२ जेठ, भारत । भारतको तमिलनाडु सरकारले किसानहरूको पक्षमा महत्वपूर्ण निर्णय गरेको बताइएको छ। मुख्यमन्त्री जोसेफ विजय नेतृत्वको सरकारले राज्यका १४ लाख २२ हजार किसानले सहकारी बैंकबाट लिएको ५० हजार रुपैयाँसम्मको  ऋण पूर्ण रूपमा माफ गर्ने घोषणा गरेको हो।

घोषणाअनुसार ऋण लिएका ठूला किसानहरूले समेत ५ हजार रुपैयाँ राहत पाउने बताइएको छ। यस योजनाका लागि सरकारले २ हजार करोड रुपैयाँभन्दा बढी रकम खर्च गर्ने तयारी गरेको जनाइएको छ।

ऋणको बोझका कारण किसानहरू आर्थिक तनावमा पर्ने र कतिपय अवस्थामा आत्महत्यासम्म गर्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले यो कदम चालिएको बताइएको छ। किसानका पक्षमा आएको यो निर्णयलाई धेरैले सराहनीय कदमका रूपमा लिएका छन्।

यससँगै नेपालमा पनि किसानहरू मिटरब्याज, बैंक ऋण र उत्पादन लागतको मारमा परिरहेको विषय पुनः चर्चामा आएको छ। नेपाली किसानहरू पनि लामो समयदेखि ऋणको दबाब, बजार अभाव र उचित मूल्य नपाउने समस्याबाट पीडित छन्।

तमिलनाडु सरकारको यस्तो निर्णयपछि नेपाल सरकारले पनि किसानमैत्री र जनमुखी नीति कहिले ल्याउला भन्ने चासो नेपाली जनतामाझ बढेको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow