महासङ्घद्वारा सम्पत्ति शुद्धिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना

०७ माघ , काठमाडौँ | नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले सम्पत्ति शुद्धिकरण सम्बन्धी राजधानीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ | महासङ्घको केन्द्रिय कार्यालय त्रिपुरेश्वर काठमाडौँमा सम्पन अन्तरक्रिया कार्यक्रममा राजधानीमा रहेका महासङ्घका पदाधिकारी ,प्रदेश कमिटी, आबद बिभिन्न सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो भने देशका बिभिन्न भागबाट सङ्घसंस्थाका प्रतिनिधि एवं ब्यावसयिहरुले जुम मार्फत सहभागिता जनाएका थिए |
कार्यक्रममा सम्पत्ति शुद्धिकरण विभागका नायब सुब्बा प्रकाश सापकोटाले वर्तमान सम्पत्ति शुद्धिकरण ऐनको बारेमा प्रस्ट पारेका थिए | सुनचाँदी छेत्रमा कारोबार गर्दा १० लाख भन्दा माथिको कारोबारको विवरण सम्पत्ति वित्तिय इकाईलाई अनिवार्य जानकारी गराउनु पर्ने, कुनै पनि शङ्कास्पद ग्राहक वा कारोबारीको विवरण सुरछित राख्नु पर्ने , सम्पत्ति शुद्धिकरण एवं आतङ्ककारी कार्यमा संलग्न भएको शङ्का लागेमा सम्बन्धित निकायमा जानकारी गराउनु पर्न बताए |
त्यसै गरि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका निर्देशक जनार्दन आचार्यले नीति नियम अनुसार कारोबार गर्न कुनै पनि सुनचाँदी व्यवसायी यस विभाग सँग डराउनु पर्ने कारण नरहेको साथै यसले स्वच्छ व्यवसायमा सहयोग नै पुग्ने बताए |
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष किसान सुनारले सदैव महासङ्घ स्वच्छ व्यवसाय, समृद्ध व्यवसायको पक्षमा रहेको र आउने दिनहरूमा प्रत्येक महिना यस्तै प्रकारका ब्यावसायिहरु संग सम्बन्धित कार्यक्रमहरू नियमित रुपमा सञ्चालन गरिने बताए |
कार्यक्रममा महासङ्घका कोषध्यक्ष गणेश लकान्द्री लगायत अन्य पदाधिकारी, बागमती प्रदेश अध्यक्ष हेम राई , महासचिव बालकुमार दर्नाल ,नेपाल रास्ट्रीय सुनचाँदी व्यावसायी मञ्चका अध्यक्ष डम्बर बराइली , प्रथम उपाध्यक्ष खेम तिरुवा , शिल्प व्यावसायी सङ्घका अध्यक्ष अर्जुन दुराइलि ,महासचिव केशव विश्वकर्मा,नेपाल सुनचाँदी कला व्यावसायी सङ्घका प्रथम उपाध्यक्ष विष्णु भक्त बराइली लगायत अन्य संस्थाहरूको प्रतिनिधिसमेतको उपस्थिति रहेको थियो |
कार्यक्रमको सञ्चालन महासङ्घका महासचिव विमल धमलाले गरेका थिए भने समापन प्रथम उपाध्यक्ष द्वारिका शंकरले गरेका थिए |
कार्यक्रममा महासङ्घका अध्यक्ष किसान सुनारले अतिथिहरूलाई महासङ्घको तर्फबाट मायाको चिनो पनि प्रदान गरेका थिए !
What's Your Reaction?






