माया धराने

 0  28
माया धराने

धरान वार्ड न. २० स्थित विष्णुपादुकामा २०८२ साल असार २७  मा औपचारिक रूपमा उद्‌घाटन गरिएको उद्योग हो माया धराने बेसार । मेयर हर्क साम्पाङ र धरान वार्ड न. २० का वडा अध्यक्ष पदम लिम्बुले  उद्योगको उद्‌घाटन गरेका थिए |


धरान आसपासका कृषकहरूको  श्रम र लगानीले सञ्चालित भएकोले  यो समुदायमा आधारित ब्रान्डिङको  उदाहरण बन्दै गएको छ | 
उधोग उद्घाटनकै दिन १५०० केजी बेसार उत्पादन गरिएको थियो र त्यसै दिन नै लगभग ६३८ प्याकेट  बिक्री पनि भयो |

प्राप्त जानकारी अनुसार हाल दैनिक ७०० केजी उत्पादन र पाच लाख साठी हजारको दैनिक कारोबार भइरहेको बताईन्छ | यसको बजार मूल्य प्रति किलो  रु ८०० सम्म पुगेको छ |  


रासायनिक‌ मुक्त उत्पादन र स्वदेशी प्याकेजिङले उपभोक्तालाई आकर्षित गरेको छ | 


(तस्बिर- राजेश पायल राई फेसबुक पेज) 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow