सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ
काठमाडौं, २१ साउन । ब्रोकर नम्बर २२ सिप्रबी सेक्युरिटिज प्रा.लि.का महाप्रबन्धक जयन्त श्रीवास्तव पक्राउ परेका छन् । श्रीवास्तवले शेयर कारोबार बापत भुक्तानी दिनुपर्ने ११ करोड रुपैयाँ भुक्तानी नदिएको भन्दै काठमाडौं प्रहरीमा ठगी गरेको जाहेरी परेअनुसार नै प्रहरीले उनलाई पक्राउ गरेको हो।
शेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवालकी श्रीमती मिता मुरारका अग्रवालले दिएको उजुरीका आधारमा श्रीवास्तव पक्राउमा परेका हुन् । मिता अग्रवालले सिप्रवी सेक्युरिटिजका अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिष कुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपाने विरुद्ध जिल्ला प्रहरी वृत्त सिंहदरबारमा ठगीको आरोप लगाउँदै उजुरी दिएकी थिइन् ।
उजुरीपछि प्रहरीले चारै जनालाई पक्राउ गर्न असार ९ गते पक्राउ पूर्जी जारी गरे पनि पक्राउ गरेको थिएन । तर, आज भने प्रहरीले श्रीवास्तवलाई नियन्त्रणमा लिएको हो ।
What's Your Reaction?





